दुलेगौँडा : गण्डकी प्रदेशमा कोरोना संक्रमण तिब्र गतिमा फैलदै गएको छ । बुधबार पछिल्लो २४ घण्टामा यो साताकै सर्वाधिक संख्यामा संक्रमित थपिएका छन् । मृतकको संख्या पनि उच्च छ ।
बुधबार १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीका ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । तनहुँ र म्याग्दीका ३/३, गोरखा, बाग्लुङ र दाङका १/१ जना संक्रमितको ज्यान गएको छ । यो संगै गण्डकी प्रदेशका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ४ पुगेको छ ।
बुधबार यो हप्ताकै सर्वाधिक १६ जना संक्रमितको मृत्यु भएको हो । आईतबार १२, सोमबार १३ र मंगलबार १२ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीका ११ जिल्लामा ९ सय ४१ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । १ हजार ६ सय ८७ जनाको पिसीआर परिक्षण गरिएको थियो ।
कास्कीमा २ सय ५१, बाग्लुङमा २ सय ३५, स्याङजामा १ सय ६८, गोरखामा ८१, नवलपुरमा ६८, म्याग्दीमा ४०, पर्वतमा ३१,मनाङमा २८, मुस्ताङमा २७, तनहुँमा ११, लमजुङमा १ जनालाई संक्रमणको पुष्टी भएको हो ।
गण्डकीमा संक्रमितको संख्या २५ हजार ४ सय ४७ पुगेको छ । तीमध्ये ६ हजार ६ सय ८६ संक्रिय संक्रमित हुन् । ६ हजार ४ सय ८६ जना होम आईसोलेसनमा छन् ।
बुधबार २ सय ७४ जना संक्रमित निको भए । हालसम्म प्रदेशभर कोरोना जित्नेको संख्या १८ हजार ४ सय ५८ पुगेको छ ।