तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न घरदैलो गरेको छ । कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेका सङ्क्रमितको हौसला बढाउन र स्वास्थ्य अवस्थाबारे जानकारी लिन गाउँपालिकाले सोमबार घरदैलो गरेको हो ।
गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय, वडा नं ३ का सदस्य दिनेश केसी, सूचना प्रविधि अधिकृत निराेज श्रेष्ठ लगायतको टोलीले सङ्क्रमितलाई दूरी कायम गरी भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।
सङ्क्रमितको अवस्था हालसम्म सामान्य रहेको पाइएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी दिनुभयो । गाउँपालिका ठेगाना भएका १५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएपनि सात जना हाेम आइसाेलेशनमा छन् ।