तनहुँ : लमजुङको भुलभुले केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका-१४ मा एक घर भत्किएको छ । ५.८ रिक्टर भूकम्पका कारण व्यास-१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो।
विसं २०७२ सालको भूकम्पले चर्किएको घर बुधबारको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । “घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ,” उहॉले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ ।