ऑबुखैरेनीलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०७८, मंगलवार

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । करुणा फाउण्डेशन काठमाडौले गाउँपालिकालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरेको हो ।

    ऑबुखैरेनी-३ का वडा सदस्य दिनेश केसीको पहलमा उक्त संस्थाले गाउँपालिकाले कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो । कोभिड महामारीका बेला संस्थाले गरेको सहयोगले सङ्क्रमितको उपचारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले कन्सन्ट्रेटर सहयोग गरेकामा संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

     के हो अक्सिजन कन्सन्ट्रेटर?

    अक्सिजन कन्सन्ट्रेटर एक मेडिकल उपकरण हो । यसले वायुमण्डलमा भएका ग्यासमध्ये अक्सिजनलाई छानेर लिन्छ । र, अक्सिजनको आवश्यकता भएका बिरामीलाई अक्सिजन दिन यसको प्रयोग गरिन्छ । 

    कोभिड र अक्सिजन कन्सन्ट्रेटरबीच के सम्बन्ध छ ?

    कोभिडले विशेषगरी फोक्सोमा आक्रमण गर्छ र, इन्फेक्सन गराउँछ । इन्फेक्सन भएको फोक्सोले स्वस्थ फोक्सोले जस्तो श्वास लिने–फ्याँक्ने गर्न सक्दैन । संक्रमितमा अक्सिजनको कमी हुन्छ । कन्सन्ट्रेटरले अक्सिजन कम हुँदा परिपूर्ति गर्ने काम गर्छ । 

    कन्सन्ट्रेटरले कसरी काम गर्छ ?

    हावामा करिब ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यास हुन्छ । कन्सन्ट्रेटरले अरुलाई फ्याँकेर अक्सिजनलाई मात्र फिल्टर गरेर लिन्छ । त्यही अक्सिजन आवश्यकताअनुसार बिजुलीको कन्सन्ट्रेटरको सहायतामा बिरामीलाई दिइन्छ । 

    अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरमा के फरक छ ?

    अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरको काम एउटै हो– अक्सिजन दिने । तर, कन्सन्ट्रेटरलाई विद्युतको आवश्यकता पर्छ भने सिलिन्डरलाई विद्युत् चाहिँदैन । उदाहरणका लागि, अक्सिजन सिलिन्डर भनेको भात पकाउने ग्यासको सिलिन्डर जस्तै हो । कन्सन्ट्रेटरचाहिँ हिटर वा इन्डक्सन जस्तै । सिलिन्डरको ग्यास सकियो भने भरेर अर्को ल्याउनुपर्छ । हिटर र इन्डक्सनलाई बिजुली भए पुग्छ ।