ऑबुखैरेनीलाई छिमेक लघुवित्तको रु ३० हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीलाई छिमेक लघुवित्तको रु ३० हजार

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०७८, मंगलवार

    तनहुँ : छिमेक लघुवित्त संस्थाले आँबुखैरेनीले गाउँपालिकालाई रु ३० हजार सहयोग गरेको छ । शाखा प्रवन्धक भोजराज जोशीले सो सहयोग रकमको चेक गाउँपालिका अध्यक्ष गिरबहादुर थापा तथा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।

    विश्वव्यापी रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस संक्रमणको संकटमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकालाई आर्थिक सहयोग गरिएको शाखा प्रवन्धक जोशीले जानकारी दिनुभयो । आर्थिक सहयोग उपलब्ध गराईदिनुभएकोमा गाउँपालिकाको तर्फबाट छिमेक लघुवित्त संस्थालाई धन्यवाद ज्ञापन गरिएको छ ।