तनहुँ : तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा गाउँपालिका भित्रका संक्रमितहरुको घर-घर पुगी स्वास्थ्य अवस्था बुझ्न व्यस्त हुनुहुन्छ । थापा सहितको टोली गाउँपालिकाभित्रका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुको हौसला बढाउन घरघरमा पुग्नुभएको हो ।
थापाले कोरोना संक्रमितहरुलाई सामाजिक दूरी कायम गरि घरदैलोमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्दै स्वास्थ्य अवस्था बारे जानकारी लिई हौसला बढाउनुभयो ।
देवघाट गाउँपालिकामा हाल ८ जना संक्रमित छन् । मङ्लबार पॉच जना थपिएका छन् । केही दिन अघि २७ जनाको स्वाव संकलन गरि परीक्षणका लागि पोखरा पठाईएको थियो । परीक्षणमा यस अघि संक्रमित भएका दुई जनाको पनि रिपोर्ट पुनः पोजेटिभ आएको देवघाट गाउँपालिका स्वास्थ्य साखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिनुभयो ।
हाल देवघाट गाउँपालिका भित्रका संक्रमित सबै होम आइसोलेसनमा छन् ।