ऑबुखैरेनीका विपन्न परिवारलाई अभियानले सहयोग गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका विपन्न परिवारलाई अभियानले सहयोग गर्ने

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०७८, बिहीबार

    तनहुँ : ऑबुखैरेनीका युवा व्यवसायी अभियान श्रेष्ठले गाउँपालिकाभित्रका विपन्न वर्गलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न वर्गलाई श्रेष्ठले खाद्यान्न सहयोगको घोषणा गर्नुभएको हो।

    ऑबुखैरेनी वडा नम्बर १ देखि ६ सम्मका दिनदुखीहरुलाई समस्या परेको भए आफूलाई खबर गर्न श्रेष्ठले आग्रह गर्नुभयो।

    श्रेष्ठले विगतमा जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह लगायतलाई स्वास्थ्य सामग्री प्रदान गर्दै आउनुभएको छ ।