शुक्लागण्डकी–८ मा औषधि बाहेकका पसल पनि बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी–८ मा औषधि बाहेकका पसल पनि बन्द

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०७८, शुक्रबार

    दुलेगाैडा : तनहुँको शुक्लागण्डकी–८ मा औषधी बाहेकका सम्पूर्ण पसल एक साता पूर्ण रुपमा बन्द हुने भएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले एक साता निषेधाज्ञा थप भएसँगै उक्त निषेधाज्ञालाई कडाई गर्ने निर्णय गरेको हो । उक्त वडामा दुई दिनमा दुई जना कोरोनाबाट मृत्यु भएपछि थप कडाई गर्न लागिएको हो ।

    शनिबार बिहान ९ बजेबाट वडा पूर्ण रुपमा लकडाउन गरिने भएकाले वडावासीलाई एक साताका लागि पुग्ने खाद्यान्न सङ्ग्रह गर्न अनुरोध गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    वडाले खटाएका स्वास्थ स्वयंसेवकहरुसँग समन्वय गरि कोरोना लाग्ने डरले रोग लुकाएका वडावासीलाई अस्पतालसम्म पु¥याउन सहजीकरण गर्ने, विवाह, ब्रतबन्ध जस्ता मानिसहरु भीडभाड हुने कार्यक्रम सकेसम्म नगर्ने तथा मृत्युसंस्कारमा भेटी छाड्न जाने परम्परालाई परिस्कृत गर्दै प्रत्यक्ष सहभागी नभई सामाजिक सञ्जालबाट समवेदना प्रकट गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

    महत्वपूर्ण कामबाहेक अनावश्यक रुपमा एक टोलवाट अर्को टोलमा हिँडडुल गर्न रोक लगाउने, सहजीकरणका लागि टोल विकास संस्था र युवा क्लवहरुलाई परिचालन गर्ने निर्णय गरिएको छ ।