दुलेगौडा : तनहुँको शुक्लागण्डकी-८ मा गत चार दिनको अवधिमा तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। उक्त वडाको शितलटोलकी ५३ वर्षीया महिलाको गएराति पोखरामा मृत्यु भएसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो ।
वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार ती महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
वडाले शनिबार बिहान ९ बजेबाट वडालाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिसकेको छ ।