तनहुँ : सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बाल सुधार गृह निर्माण गर्ने निर्णय गरेको छ । आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ढकालटारमा बाल सुधार गृह निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।
ढकालटारमा बालगृह स्थापनाका लागि गत चैत महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले स्थलगत अनुगमन गर्नुभएको थियो । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको छ ।
ढकालटारमा विद्युत प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ ।