कोरोना कहरका सम्बन्धमा युवाद्वारा भिमाद नगरपालिकाको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    कोरोना कहरका सम्बन्धमा युवाद्वारा भिमाद नगरपालिकाको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०७८, आईतवार


    दुलेगौडा : कोरोनाका कारण सिर्जित विभिन्न समस्याका सम्बन्धमा युवाहरूले भिमाद नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।”सुशासनका लागि अभियान, हाम्रो नेपाल हामी नेपाली, भ्रष्टाचार विरुद्धको महा-अभियान”मा आवद्ध तनहुँका युवाहरूले भिमाद नगरपालिका प्रमुख मेखबहादुर थापालाई एम्बुलेन्स लगायतका तात्कालिक आवश्यकताका सम्बन्धमा ध्यानाकर्षण गराएका हुन् ।

    आइतबार भिमाद नगरपालिकाको कार्यालयमा भएको छलफलमा प्रमुख मेखबहादुर थापाले दश दिनभित्र दुई वटा एम्बुलेन्स खरिद गर्ने वचन दिनुभएको अभियानका तनहुँ संयोजक विष्णुभक्त खनालले जानकारी दिनुभयो ।

    नगरपालिकाले हाल कोरोना संक्रमित बोक्न प्रयोग गरिरहेको भिमाद युवा क्लवको एम्बुलेन्स बिग्रिरहने भएकाले संक्रमितले राम्रो सुविधा पाउन नसकेको खनालको भनाई छ। खनालका अनुसार छलफलमा नगरपालिकाले माग गरेका दुइ वटा एम्बुलेन्स नआउन्जेल नगरपालिकाको गाडी समेत बिरामी बोक्न प्रयोय गर्ने सहमति भएको छ।

    यस्तै भिमाद युवा क्लवको एम्बुलेन्स प्रयोग गर्ने विपन्न आर्थिक स्थितिका बिरामीले नगरपालिकालाई भाडा तिर्न नसक्ने जानकारी गराए नगरपालिकाले नै खर्च व्यहोर्ने सहमति भएको छ।

    नगरप्रमुख थापाले भिमाद नगरभित्रका ४४ सामुदायिक र १४ निजी विद्यालयहरूलाई परीक्षा शुल्क बिना आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिई जेष्ठ मसान्तभित्रै नतिजा प्रकाशन गर्न निर्देशन दिने प्रतिवद्वता व्यक्त गर्नुभएको खनालले जानकारी दिनुभयो ।

    निषेधाज्ञाका कारण रोजगारी गुमाएका मजदुर परिवारलाई खाद्यान्न वितरण गर्ने, कालोबजारी रोक्न बजार अनुगमनमा कडाई गर्ने लगायतका बिषयमा समेत ध्यानाकर्षण गराएको र नगर प्रमुखबाट सकारात्मक प्रतिक्रिया आएको खनालको भनाई छ।