ऑबुखैरेनीमा मूल्याङ्कनबाट नतिजा प्रकाशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा मूल्याङ्कनबाट नतिजा प्रकाशन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाले मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्न सबै विद्यालयलाई परिपत्र गरेको छ । कोभिड-१९ का कारण यस वर्षको परीक्षा सञ्चालन हुन नसकेकाले गाउँपालिकाले आवधिक तथा आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन सबै विद्यालयलाई परिपत्र गरेको हो।

    प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलका अनुसार आवधिक मूल्याङ्कनबाट ६० तथा आन्तरिक मूल्याङ्कनबाट ४० प्रतिशत अङ्क प्रदान गरिनेछ । बालविकासदेखि कक्षा ९ सम्म (८ बाहेक) को परीक्षाको नतिजा जेठ २८ गतेभित्र प्रकाशन गरी प्राप्ताङ्क गाउँपालिकामा पठाउन परिपत्र भएको पोख्रेलले जानकारी दिनुभयो ।

    साथै गाउँपालिकाले असार १ गतेदेखि भर्ना अभियान सञ्चालन गरी वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न अनुरोध गरेको छ ।