कोरोना सङ्क्रमण: शुक्लागण्डकीका दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    कोरोना सङ्क्रमण: शुक्लागण्डकीका दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०७८, मंगलवार

    दुलेगौडा : कोरोना सङ्क्रमणबाट तनहुँका थप दुईको मृत्यु भएको छ । मृत्यु हुने दुवै शुक्लागण्डकीका छन् ।

    स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी-७ की ७५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहॉमा जेठ १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    शुक्लागण्डकी-७ का ८२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। उहॉमा पनि जेठ १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    २१ सङ्क्रमित थपिए

    यसैगरी तनहुँमा मङ्गलबार २१ कोरोना सङ्क्रमित थपिएका छन् । ९ महिला र १२ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।