तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले ऑबुखैरेनीलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान मार्फत् सङ्घले ऑबुखैरेनी स्वास्थ्यचौकीका लागि तीन थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मङ्गलबार गाउँपालिका अध्यक्ष गिरबहादुर थापालाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । सङ्घले पॉच थान पिपिई, एक थान अक्सिमिटर, १५ थान फेसशिल्ड, ३० थान हेडक्याप, एक थान थर्ममिटर, डस्टबीन लगायतका सामग्री हस्तान्तरण गरेको छ ।
सो अवसरमा सङ्घका अध्यक्ष श्रेष्ठले दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र कालीभञ्जन गण (इ) लाई यसअघि नै सहयोग गरिएको बताउनुभयो ।
सामग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष थापाले कोभिड नियन्त्रणका लागि सङ्घले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो। सबैको सामूहिक प्रयासबाट कोभिड नियन्त्रण गर्न सकिने उहॉको भनाई थियो ।