वडामै अक्सिजन सहितको आइसोलेशन बनाउँदै शुक्लागण्डकी-८
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    वडामै अक्सिजन सहितको आइसोलेशन बनाउँदै शुक्लागण्डकी-८

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०७८, बिहीबार

    दुलेगौडा : पछिल्लो समय कोरोनाको हटस्पट बनेको शुक्लागण्डकी-८ ले वडाभित्रै अक्सिजन सहितको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोरोना सङ्क्रमित थपिने क्रम जारी रहेपछि वडा कार्यालयले अक्सिजन सहितको आइसोलेशन कक्ष निर्माण गरेको हो।

    होम आइसोलेशनमा बस्न सहज नहुनेका लागि आइसोलेशन कक्ष बनाइएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । हिमालीटोलस्थित सामुदायिक भवनमा बनाइएको आइसोलेशन कक्ष अन्तिम चरणमा पुगेको छ ।

    उक्त वडामा बुधबार मात्र एन्टिजेन परीक्षण गर्दा ३० मध्ये १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। “सङ्क्रमित सबै होम आइसोलेशनमा हुनुहुन्छ,” उहॉले भन्नुभयो, “होम आइसोलेशनमा बस्न नमिल्नेलाई आइसोलेशनमा राख्छौ ।”

    घरमै पुगेर स्वास्थ्य जॉच

    वडाले परिचालन गरेका स्वयंसेवकले घरमै पुगेर सर्वसाधारणको स्वास्थ्य जॉच शुरु गरेका छन् । कोरोना कहरका कारण स्वास्थ्य संस्थासम्म जान नसकेकाहरुलाई सेवा दिन गठित स्वयंसेवकले घर-घरमे पुगेर स्वास्थ्य परीक्षण गरेका हुन् ।

    हालसम्म शयौको सङ्ख्यामा चेकजाँच गरेर २२ जनालाई अस्पताल पुर्याइएको छ। लक्षण देखिएका १६ जनालाई पिसिआर गर्न लगाएर ती मध्ये ७ जनालाई अक्सिजन दिएर आईशोलेशनमा राखिएको छ भने तीन जना संक्रमित पोखराका विभिन्न अस्पतालमा सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ ।