देवघाट : देवघाट गाउँपालिकामा गिट्टी बालुवा उत्खननका विषयलाई लिएर ज्ञापनपत्र बुझाएका युवाहरुको माग सम्बोधन हुने भएको छ।
गाउँपालिकामा बसेको बैठकले युवाहरुले बुझाएको १४ बूँदे ज्ञापनपत्र सम्बोधन गर्ने निर्णय गरेको हो। गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले युवाहरुले माग गरेका सबै विवरण प्रकृया पुर्याएर उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो।
गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले स्थानीयलाई प्राथमिकता दिएर विकास निर्माणका काम गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।
२४ घण्टाभित्र माग सम्बोधन भएको भन्दै स्वतन्त्र युवा समूहले अबकी दिनहरूमा फेरि यस्तै कार्यहरू दोहोरिए स्थानीय सरकारसँग युवाहरू कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।
यस्तो थियो युवाहरुको माग