महिला उद्यमी समितिले दियो अस्पताललाई खाजा र पानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    महिला उद्यमी समितिले दियो अस्पताललाई खाजा र पानी

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०७८, आईतवार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ महिला उद्यमी समितिले भानु-५ स्थित पुरनडिही अस्पतालका लागि खाजा र पानी सहयोग गरेको छ । समितिले नगरस्तरीय अस्पतालका स्वास्थ्यकर्मी र कोभिड सङ्क्रमितका लागि खाजा र पानी उपलब्ध गराएको हो ।

    समितिकी सभापति शकुन्तला आलेका अनुसार ३० कार्टुन पानी र खाजा सहयोग गरिएको छ । उक्त कार्यक्रममा भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, उद्योग वाणिज्य सङ्घका महासचिव सुवोध अधिकारी लगायतको उपस्थिति थियो ।