भानु : भानु नगरपालिकामा ४ सय ७० जनाले भेरोसेल खोप लगाएका छन् । प्रत्येक वडा कार्यालयका स्वास्थ्य संस्थाबाट ६४, ६३ र ६२ वर्ष उमेरका नागरिकले कोभिड विरुद्धको खोप लगाएका हुन् ।
भानुको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार २४६ पुरुष र २२४ महिलाले खोप लगाएका छन् । सबैभन्दा बढी वडा नम्बर ३ मा ५५ र कम वडा नम्बर २ मा १९ जनाले खोप लगाएका छन् ।