एनआरएन यूके महिला उपाध्यक्षमा प्रसुना कंडेलको दावेदारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    एनआरएन यूके महिला उपाध्यक्षमा प्रसुना कंडेलको दावेदारी

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७८, बुधबार

    लण्डन : बेलायतको नेपाली डायस्पोरामा चर्चित नर्स, कलाकार एवं मोडल प्रसुना कंडेलले एनआरएनए यूके महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

    नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी पूर्व अध्यक्ष एवं एनआरएनए यूके महिला संयोजक समेत रहनुभएकी कंडेलले सामाजिक कार्यलाई निरन्तरता दिन एनआरएनएको महिला उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेको बताउनुभयो ।

    एनआरएनमा निर्वाचित हुने पदाधिकारीहरुसँग सहकार्य गर्दै सामाजिक रुपान्तरणको निम्ती सक्रिय रहेर काम गर्ने उहॉले प्रतिबद्धता जनाउनुभयो ।

    सन् २००५ सेप्टेम्बरदेखि बेलायत बस्दै आउनुभअएकी प्रसुनाले नर्सिङ, च्यारिटी काम, मोडलिङ र अभिनयका विभिन्न क्षेत्रमा रहेर काम गर्दै आउनुभएको छ। कडा परिश्रम, संकल्प, समर्पण र इमान्दारीता आफ्नो मूलमन्त्र र सफलताको कारक मान्ने उहॉ क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट हुनुहुन्छ ।

    रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलप्मेन्ट एण्ड हेल्थ एण्ड सेफ्टी प्रतिनिधि समेत रहनुभएकी प्रसुनाले यूनिभर्सिटी अफ लन्डनबाट हेल्थ केयर लिडरसीपमा स्नातकोत्तर गर्नुभएको छ । हाल नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी सल्लाहकार प्रसुना नेप्लिज वुमन एसोसिएसन यूके र नेप्लिज ब्लड डोनर्स यूकेको महासचिव भइसक्नुभएको छ ।

    विश्वव्यापी फैलिएको कोभिडको समयमा आईसीयूमा बिरामीको सेवा गरिरहेकी उनले सामाजिक सञ्जाल मार्फत पनि कोभिड सम्बन्धी सचेतना चलाउँदै आउनुभएको छ । महाभूकम्प गए लगत्तै नेप्लिज नर्सिङ एसोसिएसन यूकेको एउटा टोलीको नेतृत्व गर्दै उहॉ नेपालको धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर लगायत ९ वटा जिल्लामा खटिनुभएको थियो।