तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले ऋषिङ गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । सङ्घले कोभिड सङ्कट व्यवस्थापन महाअभियान मार्फत् कोरोना नियन्त्रणका लागि गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । सङ्घले गाउँपालिकालाई दुई थान अक्सिजन सिलिन्डर, मास्क, स्यानीटाईजर, फेसशिल्ड, पिपिई लगायतका सामग्री सहयोग गरेको छ।
सङ्घले जिल्लाका पालिका तथा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिरहेको छ । भानु, व्यास, म्याग्दे, ऑबुखैरेनी, बन्दिपुर, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई पनि सामग्री हस्तान्तरण भइसकेको छ।