भानु : तनहुँको भानु-१३ निवासी मुस्लिम अगुवा रफिक मियॉको निधन भएको छ । नेपाली काङ्ग्रेस वडा सभापति मियॉको बिहीबार बिहान निधन भएको हो ।
बुधबार दिउँसो खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताउनुभएका मियॉको बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । “राति अलि पेट पोल्यो पनि भन्दै हुनुहुन्थ्यो, अचानक मृत्यु भयो,” पारिवारिक स्रोतले भन्यो ।
नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि रहनुभएका मियॉ मुस्लिम आयोगका पूर्व सदस्य समेत रहिसक्नुभएको छ ।