वडा सदस्य केसीको पहलमा गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    वडा सदस्य केसीको पहलमा गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०७८, शनिबार

    आँबुखैरेनी : आँबुखैरेनी गाउँपालिका-३ का वडा सदस्य दिनेश केसीकाे पहलमा आँबुखैरेनी गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । अन्य मुलुकबाट स्वास्थ्य मन्त्रालयका लागि अनुदानमा प्राप्त विभिन्न स्वास्थ्य सामग्री वडा सदस्य केसीकाे पहलमा गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापालाई शनिबार हस्तान्तरण गरिएकाे छ ।

    गाउँपालिकालाई दुई थान अक्सिजन सिलिन्डर, पाँच थान पिपिई, २५ थान फेसशिल्ड, दुई थान अक्सिमिटर, ५० थान एन्टिजेन किट, पाँच सय थान भिटिएम, पाँच सय थान सर्जिकल मास्क हस्तान्तरण गरिएको स्वास्थ्य शाखा सहायक प्रमोद शाहले जानकारी दिनुभयाे ।