भिमादको कोषमा हेफरको रु चार लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    भिमादको कोषमा हेफरको रु चार लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०७८, सोमबार

    भिमाद : कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको भिमाद नगरपालिकालाई रु चार लाख सहयोग गरेको छ । नगरपालिकाले खडा गरेको कोभिड कोषमा उक्त संस्थाले रु चार लाख सहयोग गरेको हो ।

    माझकोट महिला बहुउद्देश्यीय सहकारी संस्था, अतिप्रिय सामाजिक उद्यमी सहकारी संस्था, अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थाको तर्फबाट नगरप्रमुख मेखबहादुर थापालाई उक्त रकमको चेक सोमबार हस्तान्तरण गरिएको छ ।

    माझकोटकी अध्यक्ष सङ्गिता राना, अतिप्रियकी अध्यक्ष देवी मोक्तान आले र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रकी अध्यक्ष मनुमाया श्रेष्ठले नगरप्रमुख मेखबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

    हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै हेफरको कार्यक्रम सञ्चालित पालिकामा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । नगरप्रमुख मेखबहादुर थापाले हेफरको सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त रकम कोभिड सङ्क्रमितको उपचारमा खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    हेफर इन्टरनेशन र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा भिमादमा तीन वर्षदेखि पशु वस्तुको मूल्यश्रृङ्खलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना कार्यक्रम सञ्चालित छ । नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले महामारीको रुपमा फैलिएको कोरोना न्यूनीकरणका लागि गैरसरकारी संस्थाको तर्फबाट सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।