एजेन्सी : कोपा अमेरिकामा शनिबार अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हराएको छ । गुइडो रोडरिग्वेजको एक मात्र गोलको मद्दत ले अर्जेन्टिनाले समूह ‘ए’ को आफ्नो प्रमुख प्रतिद्वन्द्वीलाई हराउन सफल भएको हो ।
लियोनल मेसीले सिर्जना गरेको अवसरमा रोडरिग्वेजले १३ औं मिनेटमा गोल गरे । दुई खेलबाट ४ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।
यसअघि चिलीले बोलिभियालाई १–० ले हराएको थियो । त्यसमा बेन बेरेटनले १० औं मिनेटमा गरेको गोल निर्णायक साबित भयो । यो जितपछि चिलीको पनि दुई खेलबाट चार अंक भएको छ र दोस्रो स्थानमा रहेको छ ।
यस्तै, पाराग्वे तीन अंकमा तेस्रो स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा पराजित भएको उरुग्वे भने अंकविहीन स्थितिमा रहेको छ ।