डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई जर्मनीले हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई जर्मनीले हरायो

    खबरपुञ्ज संवाददाता

    ४ असार २०७८, शनिबार

    एजेन्सी: युरोकप अन्तरगत डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भएको छ ।  जितसँगै जर्मनी खेलमा फर्किएको छ।  यसअघि समूह चरणको पहिलो खेलमा फा्रन्ससँग पराजित जर्मनीका लागि आजको खेल जित्नैपर्ने दवाव थियो ।

    एलिनाज एरिनास्थित रंगशालामा शनिबार सम्पन्न खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएपनि उसका लागि आजको खेल ब्याड लक बन्यो । खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे।

    पहिलो हाफमै २–१ को अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा पनि दुई गोल थप्यो । जर्मनीका लागि केइ हवार्जले ५१ र रोबिन गोसेन्सले ६० औं मिनेटमा गोल गरे।  त्यसपछि पोर्चुगलका डिएगोले ६७ औं मिनेटमा गोल गर्दै टीमलाई ४–२ को अवस्थामा पुर्याएपनि त्यसपछि दुबै टोलीबाट थप गोल भएन र गोल जर्मनीको पक्षमा पर्यो ।

    आजको खेलपछि फा्रन्स ४ अंकका साथ समूह एफको शीर्ष स्थानमा रहेको छ भने जमर्नी र पोर्चुगलको समान ३–३ अंक रहेको छ ।