


म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–७ मा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । एमएस लेडिजको आयोजनामा जनचेतना आमा समूहका महिलाहरुलाई लक्षित गरी भिआइए विधिबाट क्यान्सर परीक्षण गरिएको हो ।
कोरोना कहर र निषेधाज्ञाका कारण स्वास्थ्य संस्थासम्म जान नसकेका महिलाहरुलाई लक्षित गरी भिआइए परीक्षण गरिएको कार्यक्रम संयोजक प्रगति खनाल सोतीले जानकारी दिनुभयो ।
महिलाहरुलाई पाठेघरको मुखको क्यान्सरबारे स्पष्ट खुल्न र अनिवार्य पटक पटक परीक्षण गराउन नर्स सञ्जना वाग्लेले सुझाव दिनुभयो । जनचेतना आमा समूहकी अध्यक्ष सुमित्रा रेग्मीका अनुसार परीक्षणमा अवस्था गम्भीर देखिएकालाई प्रविधियुक्त अस्पतालमा परीक्षणका लागि सुझाव दिइएको छ ।
एमएस लेडिजले परिवार नियोजन, महिला स्वास्थ्य, सुरक्षित गर्भपतन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।