तनहुँ : गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. रघुराज काफ्ले नियुक्त हुनुभएको छ ।
प्रदेश सरकारले आइतबार काफ्लेलाई नियुक्त गरेको हो । उहॉले आइतबार नै शपथ लिनुभएको छ। काफ्ले व्यास-५ निवासी हुनुहुन्छ ।
उहाँले यसअघि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकका रुपमा काम गरिसक्नुभएकाे छ । त्यसअघि उहाँ आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापन गराउनुहुन्थ्याे ।
पोखरेल सरकारले गरेको यो पहिलो राजनीतिक नियुक्ति हो । प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि योजना आयोग खाली थियो । आयोगमा कम्तीमा १ महिलासहित २ सदस्य समेत रहने व्यवस्था छ । सदस्यमा भने अहिलेसम्म कोही नियुक्त भएका छैनन् ।