अनलाइनबाट प्रवेश परीक्षा लिँदै सत्यवती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    अनलाइनबाट प्रवेश परीक्षा लिँदै सत्यवती

    खबरपुञ्ज संवाददाता

    ६ असार २०७८, सोमबार

    दमाैली : कोरोना कहरका कारण भौतिक उपस्थितिमा परीक्षा लिने अवस्था नरहेपछि दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले अनलाइनबाट परीक्षा लिने भएको छ ।

    नमूनाको विद्यालयको रुपमा सूचीकृत विद्यालयले नयाँ भर्नाका लागि अनलाइन मार्फत् प्रवेश परीक्षा लिन लागेको हो । मङ्गलबार कक्षा ९ को प्रवेश परीक्षा अनलाइनमार्फत् सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    जिल्लाका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट रहेकाले विद्यार्थी र अभिभावकको रोजाइमा सत्यवती पर्ने गरेको छ । “प्रत्येक वर्ष भर्नाका लागि विद्यार्थीको चाप हुन्छ, अहिले कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सम्भव भएन,” पौडेलले भन्नुभयो ।

    अनलाइन मार्फत् हुने प्रवेश परीक्षामा करिब दुई सय विद्यार्थी सहभागी हुने पौडेलले जानकारी दिनुभयो । विद्यालयले अनलाइनमार्फत् नै पठनपाठन समेत सञ्चालन गर्दै आएको छ ।