पाराग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पाराग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा

    खबरपुञ्ज संवाददाता

    ७ असार २०७८, मंगलवार

    एजेन्सी : कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाई हराएको छ। स्टेडियो नासिनल डी ब्रासिल्लामा सम्पन्न समूह ‘ए’को खेलमा अर्जेन्टिनाले पाराग्वेमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो।

    अर्जेन्टिनाको जितमा अलेजान्ड्रो गोमेजले निर्णायक गोल गरे। उनले खेलको एन्जेल डी मारियाको पासमा खेलको १० औं मिनेटमा गोल गरे। खेल अवधिभर राम्रो पकड बनाएर पनि पाराग्वेले गोल फर्काउन सकेन।

    जितसँगै तीन खेलबाट ७ अंक जोडेको अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको छ भने अन्तिम ८ मा पनि स्थान सुरक्षित गरेको छ।

    त्यस्तै आजै भएको पहिलो खेलमा उरुग्वेसँग १-१ को बराबरी खेलेको चिली ५ अंकसहित दोस्रो स्थानमा रहँदा तीन अंक जोडेको पाराग्वे तेस्रो स्थानमा छ। त्यस्तै १ अंक जोडेको उरुग्वे चौथो स्थानमा रहँदा जितबिहिनी बोलिभिया तालिकाको पुछारमा छ।

    प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

    समूह ए

    अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया

    समूह बी

    ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु