तनहुँ : नुहाउने क्रममा लडेर घाईते भएका एक युवकको तनहुँ प्रहरीले उद्धार गरेको छ । व्यास नगरपालिका–२ बस्ने ३४ वर्षीय सञ्जय लामालाई उद्धार गरिएको हो ।
बन्दीपुर गाउँपालिका–२ खहरे खोलामा नुहाउने क्रममा चिप्लिएर लडी सख्त घाइते भएकाे अवस्थामा मङ्गलबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङको कमाण्डमा चार जनाको टोली खटिई उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
टेलिफोनबाट सूचना प्राप्त हुनसाथ प्रहरीले मङ्गलबार साँझ उद्धार गरेको हो । दायाँ खुट्टाभाँची सख्त घाईते भएका लामालाई उद्धार गरी उपचारको लागि दमौली अस्पतालमा पु¥याई आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ ।