सञ्चार क्षेत्रमा के छ व्यासको नीति तथा कार्यक्रममा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सञ्चार क्षेत्रमा के छ व्यासको नीति तथा कार्यक्रममा ?

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७८, बिहीबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ ।

    कोरोना भाइरसका प्रभावले नगरक्षेत्रभित्रका सञ्चारमाध्यम प्रभावित भएको र आर्थिक रुपमा समेत धारासायी भएकाले सञ्चारकर्मीको हकहितका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको सहकार्यमा नगरभित्र सञ्चारमाध्यमको वर्गीकरण गरी कल्याणकारी विज्ञापन उपलब्ध गराउने, पत्रकारहरुको वृत्ति विकास गर्न पत्रकारिता उच्च अध्ययनका लागि हरेक वर्ष दुई जना सञ्चारकर्मीलाई छात्रवृत्ति उपलब्ध गराउने नीति लिइएको उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो ।

    त्यस्तै नगरपालिकाको आर्थिक, कृषि तथा पूर्वाधार विकास सम्बन्धी विषयमा समाचार सङ्कलन, रिपोर्टिङ सम्बन्धी विशिष्ट तालिम सञ्चालन गर्न सहयोग गर्नुका साथै हरेक वर्ष नगरपालिकाको समाचार प्रकाशनमा योगदान दिने एक जना पत्रकार पुरस्कृत गर्ने नीति अवलम्बन गरिएको छ ।

    यस्तै सङ्घीय सरकारको सहयोगमा नगरपालिकाभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक माध्यमिक विद्यालयमा दुई वर्षका लागि निःशुल्क इन्टरनेट, आम सञ्चार सेवाको गुणस्तरीय र सर्वसुलभ पहुँचका लागि स्थानीय सञ्चार ऐन तर्जुमा गर्ने नीति लिइएको छ । साथै कानून बमोजिम एफएम रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजीको व्यवस्था गरिनेछ ।