युरो कपको नकआउट चरण आजबाट सुरु, वेल्स सँग डेनमार्क इटाली र अष्ट्रिया भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    युरो कपको नकआउट चरण आजबाट सुरु, वेल्स सँग डेनमार्क इटाली र अष्ट्रिया भिड्दै

    खबरपुञ्ज संवाददाता

    १२ असार २०७८, शनिबार

    एजेन्सी : युरो कप फुटबल अन्रतग आजदेखि नक आउट चरणका खेल सुरु हुँदैछन् । 

    अन्तिम १६ को पहिलो खेल आज राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । साथै राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटाली र अष्ट्रिया भिड्दै छन् ।

    वेल्स समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा वेल्स इटालीसँग १-० ले पराजित भएको थियो ।

    त्यस्तै डेनमार्क समूह ‘बी’ को उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो । डेनमार्क समूह चरणको पहिलो खेलमा फिनल्याण्डसँग १-० ले पराजित भएको थियो भने दोस्रो खेलमा बेल्जियमसँग २(१ ले पराजित भएको थियो । तर, अन्तिम खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्न सफल भयो ।

    इटालीले समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणको यात्रा तय गरेको हो । समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा इटालीले पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा  स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले पराजित गर्दा अन्तिम खेलमा इटालीले वेल्सलाई १-० ले हराएको  थियो ।

    समूह ‘सी’ को उपविजेता बन्दै अष्ट्रिया पहिलो पटक नकआउट चरणमा पुग्न सफल भएको हो । अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो। अष्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २-० ले पराजित भएको थियो । अन्तिम खेलमा युक्रेनलाई १-० ले हराउँदै अष्ट्रिया नकआउट चरणमा पुगेको हो ।