कारागारका कैदीबन्दीको क्षयरोग परीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कारागारका कैदीबन्दीको क्षयरोग परीक्षण

    खबरपुञ्ज संवाददाता

    ११ असार २०७८, शनिबार

    दमाैली : जिल्ला कारागार तनहुँका कैदीबन्दीको क्षयरोग परीक्षण गरिएको छ । व्यास नगरपालिकाको स्वास्थ्य शाखाले कारागारमा रहेका कैदीबन्दीको शनिबार क्षयरोग परीक्षण गरेको हो ।

    एकैठाउँमा धेरै जना बस्दा क्षयरोगको जोखिम हुन सक्ने भएकाले स्वास्थ्य शाखाले क्षयरोग परीक्षणका लागि खकार सङ्कलन गरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार दुई सय ६६ जनाको खकार सङ्कलन गरिएको छ । सङ्कलित खकार दमौली अस्पताल र गजुरे स्वास्थ्यचौकीमा परीक्षणका लागि पठाइनेछ । “सक्रिय क्षयरोग खोजपड्ताल शिविर मार्फत् कारागारमा रहेका कैदीबन्दीको खकार सङ्कलन गरेर परीक्षणको व्यवस्था मिलाएका छौ, केही दिनभित्रै रिपोर्ट आउँछ,” सोतीले भन्नुभयो ।

    उक्त शिविरमा स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङ, नर्सिङ निरीक्षक कल्पना दाहाल, ल्याव टेक्निसियन पवित्रा पौडेल, प्रमिला गुरुङ, उज्वल न्यौपाने, खुशीराम क्षेत्री लगायत खटिनुभएको थियो ।