पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै राङरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै राङरुङ

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७८, मंगलवार

    भिमाद : एउटा गीत छ, ‘गाउँको माया भुलेर खैरेनीसम्म पुग्याथे तान्यो मलाई तिम्रै मायाले ।’ यस गीतमा जोडिएको तिम्रो माया शब्दमार्फत रचनाकारले प्रेमि/प्रेमिका, श्रीमान्/श्रीमती वा गाउँ जेसुकैलाई सम्वोधन गरेको हुनसक्छ तर गीतको यो सानो अंशले गाउँ छाड्ने अवस्थामा पुगेतापनि पछि पुन ः गाउँमा फर्कने चाहने धेरैको मनोभावनाको प्रतिनिधित्व गरेको छ ।

    गीतमा जस्तै मानिसले गाउँ भुलेर शहर रोज्नु धेरै कारणहरु छन् । गाउँको भन्दा शहरमा सुख, सुविधा र तुलनात्मक रुपमा कम श्रम गरेर पनि जीवन चल्ने तथा सामाजिक प्रतिष्ठाका कारण मानिसले गाउँ छाडेर शहर रोजेको पाइन्छ । बाध्यताले शहर पसेकाहरु बाहेक अन्य हत्तपत्त गाउँ फर्कन चाहँदैनन् ।

    यसरी स्थायी रुपमा गाउँ छाडेर शहरमा बसोबास गर्नेलाई छोटो समय भएतापनि गाउँमा फर्काउने र गाउँमै बसोवास गर्नेहरुका लागि विभिन्न अवसरहरुको सिर्जना गर्दे पलायन रोक्ने तथा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने अभियानमा छन् भिमाद नगरपालिका–७ राङरुङका स्थानीय । यसमा स्थानीयहरुलाई साथ दिएको छ भिमाद नगरपालिकाले ।

    विभिन्न रमणीय स्थानको अवलोकन तथा हिमालको सुन्दर दृश्यावलोकनका लागि पिपलडाँडामा निर्मित भ्युटावर, पिपलडाँडामै रहेको पार्क तथा स्थानीय मौलिक नेवारी परिकार पर्यटकको हटियामा रहेको झिङ्गु राङरुङ नेवाः होमस्टे, राङरुङ रिसोर्टका अतिरिक्त स्थानीय मौलिक कला र संस्कृति यहाँका प्रमुख आकर्षणहरु हुन् ।

    शहरको केन्द्रित बसाइ रोक्न र आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीय कला र संस्कृतिको प्रचारप्रसार गर्नका यी केही आधार आधार भएतापनि यति मात्रै पर्याप्त नभएको भिमाद नगरपालिका–७ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ बताउनुहुन्छ । त्यसका लागि गाउँमै गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीका अतिरिक्त अन्य मनोरञ्जनको व्यवस्था हुन जरुरी रहेको उहाँको भनाई छ ।
    यसका लागि विस्तृत गुरुयोजनाका साथ अगाडी बढ्ने बताउँदै उहाँले प्रारम्भिक रुपमा पर्यटकीय स्थलको रुपमा यस स्थललाई विकास गर्न आफू प्रयत्नरत रहेको जानकारी दिनुभयो । त्यसका लागि जिप फ्लाइङ, धुन्दुरमा ¥याफ्टिङ, ऐनाखोलामा मिनिचिडियाखाना, बोटानिकल गार्डेन तथा प्याराग्लाइडिङ सञ्चालन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

    यसैबीच नगरपालिकाको लगानीमा राङरुङ हटियामा सोमबारबाट रुख चढ्ने मनोरञ्जनात्मक खेल (ट्रि क्लाइम्विङ्ग) सञ्चालनमा आएको छ । डोरीको सहायताले रुख चढ्ने, रुखका विभिन्न स्थानमा डोरीमा झुण्डिएर वारपार गर्ने यो मनोरञ्जनात्मक खेलबाट आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको उहाँको भनाई छ ।

    ट्रि क्लाइम्बिङ प्रवद्र्धन उपभोक्ता समिति तथा एसेट इन्ट्रोनिटी गु्रप काठमाडौंको प्राविधिक व्यवस्थान र भिमाद नगरपालिकाको लगानीमा सञ्चालित उक्त कार्यक्रमको भिमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।

    सो अवसरमा बोल्दै नगरप्रमुख थापाले आफू समग्र भिमाद नगरपालिकाको पर्यटन, कृषि, शिक्षा स्वास्थ्य, उद्योग, पूर्वाधार लगायत चौतर्फी विकासका लागि प्रतिबद्ध भएर लागिपरेको बताउनुभयो । सबै कार्य एकैसाथ सम्पन्न गर्नका लागि आर्थिक तथा प्राविधिक व्यवस्थापनमा समस्या रहेतापनि क्रमिक रुपमा लक्ष्य प्राप्तिका लागि अग्रसर रहेको उहाँको भनाई छ ।

    अहिले गाउँमा बूढाबूढी मात्रै बस्ने र अन्य जनशक्तिको तीव्र रुपमा शहर पलायनले विकासको सन्तुलन बिग्रने बताउँदै नगरप्रमुख थापाले शहरको भिडभाड र भड्किलो जीवनशैलीमा रमाउनुभन्दा स्वस्थ गाउँले जीवनयापन, खानपान खुशी तथा लाभलायक रहेकामा जोड दिनुभयो ।
    राङरुङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य सहित ट्रि क्लाइम्बिङ सञ्चालनमा ल्याइएको ट्रि क्लाइम्बिङ प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष भूपतीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।