


दमौली, १० मंसिर । व्यास नगरपालिका-३ प्रशासनचोकमा रहेको महेन्द्रको शालिक भएको पार्कमा बुधबार बिहान सरसफाई गरिएको छ । केही समय अगाडी त्यहॉ नर्सरी रहेकामा नर्सरी हटाएपछि राप्रपा, सामाजिक व्यक्तित्व एवं स्थानीयले यहॉ सरसफाई गरेका हुन् ।
यस ठाउँमा व्यवस्थित पार्क निर्माण गर्न माग गरिएको छ । राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले महेन्द्रको शालिकसहितको पार्क बनाउनुपर्ने बताए । नगरपालिकाले व्यवस्थापनका लागि जिम्मा दिए राप्रपाले पार्क बनाएर नगरपालिकालाई हस्तान्तरण गर्ने उनले बताए।
उनले भने, ‘नगरपालिका आफैले बनाए पनि हुन्छ, अरु संघसंस्थाले बनाए पनि हुन्छ । शालिक हटाउन भएन, हामीलाई दिए हामीलाई बजेट चाहिदैन, हामी नै बनाएर दिन्छौ ।’
सामाजिक व्यक्तित्व भाग्यशाली ढुंगानाले लामो समयको प्रयासपछि नर्सरी हटाउन सकिएको भन्दै अब यसलाई आकर्षक पार्क बनाउनुपर्ने बताए ।




