आँबुखैरेनीबाट चरेस सहित एक जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीबाट चरेस सहित एक जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०८२, बुधबार

    दमाैली, १० मङ्सिर । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध चरेस सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ बस्ने १९ वर्षीय श्रीलाल तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

    निजकाे साथबाट दुई सय ग्राम चरेस बरामद गरिएकाे छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १७७३ नम्बरको माईक्रो बसमा सवार उनलाई पक्राउ गरेकाे हाे ।

    यस्तै बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ४० ट्याब्लेट सहित लमजुङ मर्स्याङ्दी गाउँपालिका-८ बस्ने ३१ वर्षीय सन्तोष गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र.०३.००१ ख १६८३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।