काठमाडौं : नेपाली सेनाले नेपाल प्रहरीलाई हतियार र एम्युनिशन सहयोग गरेको छ। प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले साेमबार जंगी अड्डामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हतियार र त्यससँग सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गर्नुभएकाे हाे ।
नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न किसिमका दश हजार भन्दा बढी हतियार प्रदान गर्ने जंगी अड्डाले जनाएको छ।