संसद विघटन मुद्दामा बहस सकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसद विघटन मुद्दामा बहस सकियो

    खबरपुञ्ज संवाददाता

    २० असार २०७८, सोमबार

    काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएको छ ।

    सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गर्नुभएकाे थियाे ।

    अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिन बाँकी छ । सोमबार दिउँसो साढे २ बजेपछि एमिकस क्युरीको बहस शुरु हुनेछ । प्रतिनिधिसभा विघटन मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन हुनुभएकाे छ । एमिकस क्युरीको रायका लागि २ घण्टा समय तोकिएको छ ।

    रिट निवेदक पक्ष र विपक्षले प्रतिनिधिसभा विघटन मुद्दामा १५/१५ घण्टा बहस गरेका छन् । यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ ।