दुलेगौडा : तनहुँको घिरिङ गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । बिहीबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
गाउँपालिकाभित्रका १६ देखि २३ महिनाका सबै बालबालिकाले पाउनुपर्ने खोप पाएकाले पूर्ण खोप सुनिश्चित घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । उहॉका अनुसार सबै वडाका गरी १ सय ४० बालबालिकाले खोप पाएका छन् ।
“उक्त उमेर समूहका बालबालिकाले एक वर्षको अवधिमा खोप पाएका छन्,” सुवेदीले भन्नुभयो, “छुटेकालाई पनि यही बीचमा खोप लगायौ ।” घरधुरी सर्वेक्षण गर्दा सात बालबालिका छुटेका थिए ।
बिहीबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले पालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गर्नुभयो ।