देवघाट : देवघाट ब्याडमिन्टन संघको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी चक्रवर्तीले जितेको छ । शुक्रबार सम्पन्न फाइनलमा घण्टाचुलीलाई सोझो सेटमा हराउँदै चक्रवर्तीले उपाधी जितेको हो ।
प्रतियोगिताका विजयीलाई देवघाटका अध्यक्ष दुर्गबहादुर थापाले पुरस्कार वितरण गर्नुभयो । सो क्रममा अध्यक्ष थापाले खेलकुदले मानिसको मानसिक र शारीरिक दुवैलाई तन्दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
देवघाट युवा तथा खेलकुदका अध्यक्ष सुकु गुरूङ,युवासंघ नेपालका केन्द्रीय सदस्य एवं देवघाट खेलकुदका उपाध्यक्ष सान श्रेष्ठ लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।