‘ट्रि हाउस’ आसपास लायन्स र लियोको वृक्षारोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    ‘ट्रि हाउस’ आसपास लायन्स र लियोको वृक्षारोपण

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७८, बुधबार

    म्याग्दे : लायन्स क्लव अफ तनहुँ र लियो क्लव अफ तनहुँले म्याग्दे-२ स्थित ज्यानटाङ सामुदायिक वनभित्र रहेको ‘ट्रि हाउस’ आसपास वृक्षारोपण गरेको छ । पछिल्लो समय चर्चित बनेको यस ठाउँलाई हरियाली बनाउने उद्धेश्य सहित बुधबार वृक्षारोपण गरिएको हो ।

    वृक्षारोपणको शुभारम्भ गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बिरुवा रोप्नुमात्रै ठूलो कुरा नभएकाले यसको संरक्षणमा ध्यान दिन आग्रह गरिन् । लायन्स क्लव अफ नेपाल ३२५ वि १ का पूर्व गभर्नर अशोककुमार श्रेष्ठले लायन्स क्लव सामाजिक काममा अग्रसर हुँदै आएको बताए ।

    लायन्स क्लव अफ तनहुँका अध्यक्ष कृष्णहरि गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाट, लायन्स क्लवका जोन चियर पर्सन राजकुमार श्रेष्ठ (राकु), ज्यानटाङ सामुदायिक वनका अध्यक्ष इश्वर रानाभाट, लियो क्लवका अध्यक्ष सुनिल मिश्र लगायतले बोलेका थिए ।

    सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको लिये क्लव अफ तनहुँका मिडिया संयोजक सविन लामिछाने जानकारी दिए ।