दुलेगौडा : नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य ध्रुव वाग्लेले थप्रेक स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनट्रेटर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
कोभिड-१९ विरुद्ध जुध्न वाग्लेले शुक्लागण्डकी-१ स्थित स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सनट्रेटर सहित दुई हजार थान मास्क र स्यानीटाइजर उपलब्ध गराएका हुन् ।
वाग्लेले उक्त सामग्री वडाध्यक्ष रविचन्द्र पौडेललाई शनिबार हस्तान्तरण गरे । वडाध्यक्ष पौडेलले स्वास्थ्य सामग्रीले कोभिड न्यूनीकरणमा सहयोग पुग्ने बताए ।