पूर्ण अपाङ्गतालाई घरमै भत्ता र खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    पूर्ण अपाङ्गतालाई घरमै भत्ता र खोप

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७८, सोमबार

    दुलेगौडा: तनहुँको भिमाद नगरपालिका-९ ले पूर्ण अपाङ्गता एक महिलालाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता र कोभिड विरुद्धको खोप लगाएको छ ।

    भिमाद नगरपालिका-९ पाङ्मीकी पूर्ण अपाङ्गता देवी कामीलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बापतको रकम प्रदान गर्नुका साथै कोभिड विरुद्धको खोप लगाइएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए ।

    खोप लगाउन स्वास्थ्य संस्थासम्म आउन असहज हुने भएकाले घरमै स्वास्थ्यकर्मी लगेर खोप लगाइएको थापाले बताए ।