भानु : भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित कक्षा २ र ३ को एकीकृत पाठ्यक्रम सम्बन्धि दुईदिवसीय तालिम सोमबार सम्पन्न भएको छ
बाइसजॉगरस्थित कर्मदा माविमा आयोजित तालिममा सोमबार रिदय भट्ट र दामोदर कार्कीले सहजीकरण गरेका थिए । समापन सत्रमा शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त शर्माले पाठ्यक्रम कार्यान्वयनमा शिक्षकको दायित्व र अन्य समसामयिक शैक्षिक पक्षका विविध आयामहरूका बारेमा सुझाव एवं मार्गदर्शनका साथ सहभागी शिक्षकहरूलाई सम्बोधन गरेका थिए ।
नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले दुईदिने तालिमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग गर्नेलाई धन्यवाद व्यक्त गरे ।