भिमाद : तनहुँको भिमाद नगरपालिका अन्तरगत भिमकाली मोटरमार्ग दश दिन बन्द हुने भएको छ । उक्त मोटरमार्गको जिदीखोला-वंशान खण्डको शेरा उकालोमा सडक ढलान तथा कटिङ गरी बाटो फराकिलो बनाउन उक्त मोटरमार्ग साउन २० गतेदेखि २९ गतेसम्म बन्द गर्न लागिएको हो ।
बाटो बन्द हुने भएपछि नगरपालिकाले वैकल्पिक मार्गको रुपमा भिमाद जलौदी हुँदै सम्धी मार्गबाट आवतजावत गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले बताए ।