शुक्लागण्डकीका महिलालाई फिनेल बनाउने तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीका महिलालाई फिनेल बनाउने तालिम

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७८, शनिबार

    दुलेगौडा : शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा शुक्लागण्डकी नगरपालिकाका महिलालाई फिनेल बनाउने तालिम प्रदान गरिएको छ।

    कार्यक्रममा गण्डकी प्रदेशसभा आशा कोइराला खनालले स्थानीय स्तरमा उत्पादित घरेलु सामानलाई बजारीकरण गर्न आवश्यक रहेकोले त्यसका लागि कोसेली घर बनाउन आवश्यक रहेकामा जोड दिइन् ।

    विशेषगरी स्थानीय स्तरमा ढाकाको साडी तयारी गरी स्थानीय कार्यालयमा अनिवार्य लगाउनको वातावरण सिर्जना गर्न सके व्यवसायलाई प्रोत्साहन मिल्ने उनको भनाई थियो ।

    महिला उद्यमी विकास समितिकी अध्यक्ष बसन्ता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तनहुँ उद्योग संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, शुक्लागण्डकी-४ की वडा सदस्य रोजिना खातुन, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त ज्वारचन, प्रथम उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ, द्वितीय उपाध्यक्ष हरि खड्का, तउवासङ्घ महिला उद्यमी विकास समितिका सभापति शकुन्तला आले लगायतले मन्तव्य राखेका थिए ।

    ६० जना महिलाको सहभागिता रहेको तालिममा महिला उद्यमी तुलसी शाहले प्रशिक्षण दिएकी थिइन् ।