दुलेगाैडा : नेकपा माओवादी केन्द्रकाे युवा सङ्गठन वाइसिएलकाे शुक्लागण्डकीक अध्यक्षमा मनाेज लामिछाने चयन भएका छन् । शनिबार भएकाे भेलाले लामिछानेकाे अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरेकाे छ ।
कमिटीकाे उपाध्यक्षमा तिर्थराज गतौला र विष्णु विक, सचिवमा खिमलाल पोख्रेल नारायण, सहसचिवहरुमा सुरेन्द्र पौडेल, सन्जोग घले, तारा विक, विनिता भण्डारी र कोषाध्यक्षमा रुपम महत चयन भएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा काेइराला, वाइसिएलका केन्द्रीय सदस्य शरण सापकोटा, जिल्ला संयोजक इश्वर बस्याल, नेकपा माओवादी केन्द्र शुक्लागण्डकीका कार्यवाहक संयाेजक मनराज गुरुङ लगायतले सम्बाेधन गरेका थिए ।