दुलेगाैडा : नेकपा माओवादी केन्द्रले वडा कमिटी गठनलाई तीव्रता दिएको छ । पार्टी सुदृढीकरण अभियान अन्तर्गत माओवादी केन्द्रले ८५ वटै वडा कमिटीलाई गठनलाई तीव्रता दिएको हो ।
सोही बमोजिम शुक्लागण्डकी–१० को भेलाबाट अध्यक्षमा राजेन्द्र क्षेत्री र सचिवमा कमलकान्त पौडेल चयन भएका छन् । वडा कमिटी २९ सदस्यीय बनाइएको छ । यसैगरी शुक्लागण्डकी–१० को अध्यक्षमा नारायण सिग्देल र सचिवमा राजु भण्डारी चयन भएका छन् । सो वडाको कमिटी पनि २९ सदस्यीय बनाइएको छ ।
नेकपा माओवादी केन्द्र शुक्लागण्डकीका कार्यवाहक अध्यक्ष मनराज गुरुङले तल्लो तहदेखि नै माओवादी सङ्गठन बलियो बनाउने गरी अभियान थालिएको जानकारी दिए ।