दुलेगौडा : शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठ गण्डकी प्रदेशको रोजगारदाता उपसमितिमा मनोनित भएका छन् ।रोजगारदाता परिषद् उपसमिति संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले श्रेष्ठलाई उपसमितिको सदस्यमा मनोनित गरेका हुन् ।
गण्डकी प्रदेशभित्रका रोजगारदाता उद्योगी र श्रमिकको मैत्रीपूर्ण सम्बन्ध बनाउन श्रेष्ठले भूमिका खेल्ने त्रिपाठीले विश्वास व्यक्त गरेका छन् ।