बाबुआमाको स्मृतिमा गुरुङद्वारा अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    बाबुआमाको स्मृतिमा गुरुङद्वारा अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७८, बिहीबार

    तनहुँ : तनहुँको भानु नगरपालिका-१३ पयास्वारा घर भई हाल पोखरा बस्ने भीमराज गुरुङले जन्मगाउँको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । गुरुङले आफ्ना स्वर्गीय पितामाताको स्मृतिमा अरनिको माध्यमिक विद्यालयमा एक लाख एक हजार एक सयको अक्षयकोष स्थापना गरेका हुन् ।

    विद्यालयको शैक्षिक स्तर वृद्धिमा सहयोग पुर्याउन स्व. पिता क्या. सन्तबहादुर र आमा मनसिरीको स्मृतिमा अक्षयकोष स्थापना गरेको गुरुङले बताए ।

    स्व. क्या सन्तबहादुर विसं २०३१ देखि २०४७ सालसम्म विद्यालयको अध्यक्ष थिए ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।